1,111 bytes added,
03:24, 6 मई 2021 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= सुमन पोखरेल
|अनुवादक=
|संग्रह=मलाई जिन्दगी नै दुख्दछ / सुमन पोखरेल
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
न त दिन भयो, न त रात भयो
सधैँ तिम्रो यादको बर्सात् भयो
कहिले आयौ माया लिई, कहिले मुस्कान बोकी
कहिले आयौ जून पिई, कहिले शृङ्गार ओढी
तिम्रो झझल्को मै मेरो रात गयो
सधैँ तिम्रो यादको बर्सात् भयो
कहिले रूझेँ, अतीतमा कहिले कल्पनामा
कहिले भिजेँ वसन्तमा, कहिले सपनामा
तिम्रो प्रीत कै छायाको रात भयो
सधैँ तिम्रो यादको बर्सात् भयो
</poem>