Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=मला...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= सुमन पोखरेल
|अनुवादक=
|संग्रह=मलाई जिन्दगी नै दुख्दछ / सुमन पोखरेल
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
दुखाउँदै आयो, कहिले फकाउँदै आयो
तिम्रो याद आज मलाई जिस्क्याउँदै आयो

हिँड्दाहिँड्दै छाया मेरो पोखिएको देखेँ
भूईँबाट आफ्नो छाया उठाऊँ भनी झुकेँ
अँजुलीमा तिम्रो मुहार मुस्काउँदै आयो
तिम्रो याद आज मलाई जिस्क्याउँदै आयो

छुँदै भाग्ने बतासमा निश्वास छ तिम्रै
मनभरि फूल फुल्यो सुवास छ तिम्रै
जतासुकै तिम्रो आभास पछ्याउँदै आयो
तिम्रो याद आज मलाई जिस्क्याउँदै आयो
</poem>
Mover, Reupload, Uploader
10,400
edits