1,818 bytes added,
03:33, 6 मई 2021 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= सुमन पोखरेल
|अनुवादक=
|संग्रह=मलाई जिन्दगी नै दुख्दछ / सुमन पोखरेल
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
मैले याद गर्दा कतै बिझाउँछ भने
मेरो सम्झनाले तिमीलाई दुखाउँछ भने
बाचा भो मेरो तिमीलाई
सम्झिन्नँ कहिल्यै म सम्झिन्नँ
अबदेखि तिमीलाई म सम्झिन्नँ
बेदाग तिम्रो जीवनमा छोएँ कि मैले खोट भै
बस्दिनँ तिम्रो मनमा एकछिन पनि म चोट भै
मेरो सन्देशले तिमीलाई सताउँछ भने
बाचा भो मेरो तिमीलाई
कहिल्यै म केही पठाउँदिनँ
सम्झिन्नँ कहिल्यै म सम्झिन्नँ
अबदेखि तिमीलाई म सम्झिन्नँ
रित्तो मनलाई बोकेर हिँडेथेँ म जोगी झैँ
रोकिएँछु खै कसरी तिम्रो प्रेमको रोगी झैँ
मेरो हेराइले तिमीलाई चहर्याउँछ भने
बाचा भो मेरो तिमीलाई
नजर म कहिल्यै उठाउँदिनँ
सम्झिन्नँ कहिल्यै म सम्झिन्नँ
अबदेखि तिमीलाई म सम्झिन्नँ
</poem>