1,070 bytes added,
14:33, 7 मई 2021 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= सुमन पोखरेल
|अनुवादक=
|संग्रह=मलाई जिन्दगी नै दुख्दछ / सुमन पोखरेल
}}
{{KKCatGeet}}
{{KKCatNepaliRachna}}
<poem>
हिजोआज मलाई, यसरी पछ्याउँछ्यौ
जतासुकै जाऊँ, तिमी याद आउँछ्यौ
तिमीलाई कहिल्यै भेटेको त हैन
सपनीमा बाहेक देखेको नि छैन
जहाँ हेरूँ तर तिमी मुस्कुराउँछ्यौ
जतासुकै जाऊँ, तिमी याद आउँछ्यौ
अचानक नै तिमी कता गयौ गयौ
नजिक आउँदैछ्यौ कि झनै टाढा भयौ
मनभित्र कतै तिमी गुनगुनाउँछ्यौ
जतासुकै जाऊँ, तिमी याद आउँछ्यौ
</poem>