1,685 bytes added,
02:40, 2 जुलाई 2021 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= गीता त्रिपाठी
|अनुवादक=
|संग्रह=सिमलको गीत / गीता त्रिपाठी
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
तिमी नहुँदा यो सहरमा
शीत भएको छ बिहान
सिरेठो भएको छ साँझ
तिमी नहुँदा
हुस्सुका पत्रझैँ जम्न थालेका छन्
मान्छेमा अहम्
तिमी नहुँदा
धेरै कुरा जम्न थालेको छ
यो सहरमा
बिरानो भएको छ बाटो
अल्मलिरहेको छ युग
पाइलाहरू नटेकिएर ठाउँमा
चिप्लिरहेछ समय
तिमी नहुँदा
धेरै कुरा हुन थालेको छ
यो सहरमा
तिमी हराएपछि
तेस्रो आँखा पनि हराएको छ
शब्द मात्र होइन
श्रुति पनि हराएको छ
पुस्तकालयबाट
तिमी हराउँदा
धेरै कुरा हराएको छ
अँध्यारा गुफाहरूबाट निस्किएका
महाप्रलयका
धेरै सपना र सुगन्ध हराएको छ
एउटा आकाश र धेरै उज्यालो
तिमीसँगै हराएको छ
यो सहरमा ।
</poem>