908 bytes added,
02:40, 3 जुलाई 2021 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
बीच बाटामा यो खाल्डो कसले बनायो ?, - पानीले ।
यी घर भत्काउने आँट कसको हो ?, - पानीको ।
यो बाढी फिँजाउने उपद्रो कसको हो ?, - पानीको ।
यी मान्छे बगाउने अपराध कसले गर्यो ?, - पानीले ।
यहाँ अभाव के को छ ?, - पानीको ।
बारुद, खुँडा र बदनियतहरूको के काम रह्यो र ?
अब त पानी नै पनि
मान्छेजस्तो भइसक्यो ।
</poem>