1,841 bytes added,
04:27, 25 नवम्बर 2021 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= विमला तुम्खेवा
|अनुवादक=
|संग्रह=
}}
{{KKCatNepaliRachna}}
<poem>
राम्रोसँग देश देख्न नपाउँदै
चुल्हो सम्हालेर जुग बित्यो
बिहे गरेर यो घरमा आएपछि
रातदिनको टोकसो
लोग्नेको हरेक रातको बलात्कार
सबै सम्झँदा अरुणको भेल जस्तै आँशु आउँछ ।
नानी,
मेरो विहे हुँदा संसार उज्यालो देख्थें
उमेरले डाँडा काट्नै लाग्दा म एक्लो भएको छु
घरले खाएर म बुढी भइसकें
घर जस्ताको त्यस्तै छ
मेरो पेटबाट जन्मिएको मेरो जेठो छोरा
यो घरको मालिक भएको छ
थाहा छ ?
घर बनाउँदा मेरो रगत पसिना भएर बगेको छ ।
तर,
घर कहिल्यै मेरो भएन
म कहिल्यै यो घरको हुन सकिन
बुढा मरे
मरेकै ठिक भो बाँचिन्जेल पनि कम्ति सास्ती थिएन ।
मर्न सकिएन, अपमान सहेर कति बस्नु ?
यस्तो घर के घर !
अब म अर्कै घर बनाउने सुरसारमा छु
तुम्खेवा नानी, मेरो कथाको पनि कविता लेख्नु है ।
</poem>