2,025 bytes added,
05:10, 30 जनवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=शरद छेत्री
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
हिज साँझमा पनि
अस्तिकै समयमा
सधैँकै समयमा
अरूले भोग गरेर फालेको
सानो टालोको मात्र
शीरदेखि पैतालासम्म छोप्न
वितरण गरेको अवकाशको विरूद्ध
ठूलो प्रलय मचाउन मन लाग्यो,
एउटा तुमूल परिवर्तनको निम्ति
क्रान्ति गर्नु मन लाग्यो
यद्यपि प्रत्येक निदको बिहानी
एकै थरीको र
टीठ लाग्दो थियो । -
त्यसपछि पहिलो चोटि
पानी मिसाएको रक्सी बेच्ने
गड्डीवाल्नी को चुल्ठो समाएर
अधिकार र अनाधिकारको
निकै ठूलो भाषण दिएको थिएँ
- मेरो हुंकारमा डराउँदै उसले
लुकाएर राखेको तेज रक्सी
हरदर भाउमा मिलाई दिई त्यसरी:
निकै रन्केपछि निस्कने बेलामा
मैले एकलात गड्डीको दैलोमा कस्दै भनेँ
कि यसरी रक्सीमा पानी मिसाउने
देश-द्रोहीलाई सर्वप्रथम निर्वासित गर्नुपर्छ !
किनकि विशुद्ध रक्सीको अभावमा
कुनै क्रान्ति सफल हुँदैन यहाँ । ......
</poem>