1,327 bytes added,
03:09, 8 फ़रवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=कृष्णप्रसाद पराजुली
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
हराभरा धर्ती राम्रो, नीलो आकाश राम्रो
घाम राम्रो, दिन राम्रो, जून पनि राम्रो
धर्तीभरि रमाइला कुरा धेरै हुन्छन्
पहाड, मैदान, खोलानाला, वनपाखा हुन्छन्
हिमालबाट तल झरी थरीथरी नदी
समुन्द्रमा मिल्न जान्छन् सललल बगी
ढुङ्गा हुन्छ, माटो हुन्छ, रूख यहीँ हुन्छ
जीवजन्तु सबको बास धर्तीमा नै हुन्छ
रमाइलो हिउँद-वर्षा घुमीफिरी आउँछ
फलफूल, अन्नपानी धर्ती उब्जाउँछ
धर्तीमा नै रहेका छन् सुन-तामाका खानी
राम्रो लाग्छ यही धर्ती, राम्रो घामपानी
</poem>