1,365 bytes added,
11:31, 16 फ़रवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= इन्दिरा प्रसाई
|अनुवादक=
|संग्रह=तिमी हुनुको / इन्दिरा प्रसाई
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
आवाजको प्रतीक्षामा
कल्पकल्पान्तर बिताएकी छु
स्निग्ध तिम्रो रूपको कामनालाई
तिर्सनाले सजाएकी छु ।
आँधीहुरी बिताएपछि
तिमी नजिकनजिक हुनुपर्ने
एउटा दूरी टाँगिएको छ ।
हामीबीच संवाद छैन
टाढा देख्दै छु तिमीलाई
सुनसानसुनसान छ वसन्त पनि
ओइलाएझैँ देख्तै छु
कामिनी कोपिलाहरू ।
स्पर्शानन्दको अनुभूतिमा
डुबेँ धेरै बेर कल्पनामा
हिजोका सबै सत्य अब
झूटाझूटा लागिरहेछन् ।
•
तिमीलाई यस बेला
मेरो अस्तित्वको सम्झना छैन ।
</poem>