1,391 bytes added,
11:32, 16 फ़रवरी 2022 {{KKGlobal}}
{{KKRachna
|रचनाकार= इन्दिरा प्रसाई
|अनुवादक=
|संग्रह=तिमी हुनुको / इन्दिरा प्रसाई
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
उभिएर स्वागतद्वारमा
म विदा गर्दिन्छु आफैँलाई
औँसी पिउने होडबाजीमा
बिर्सिदिन्छु कुनै बेला तिमीलाई ।
अस्तव्यस्त कोठा भएको
मनकुन्तरको भित्री अंशमा
सलबलाउने धूपछाया काउकुतीहरू
सँगाल्दासँगाल्दै
बग्न खोज्छन्
र मिसिन्छन्
कालोमैलो र फोहोर
वाग्मती र विष्णुमतीमा ।
आजभोलि
तिमीलाई भेट्न
ढलसम्म पुग्नुपर्छ
र ढलको आड गरेर
धेरै तलतलसम्म पुग्नुपर्छ ।
•
दुर्गन्धमा म छैन
र बास्ना कतै भेट्दिन पनि म ।
•••
(लामो कविता)
तिमी हुनुको
</poem>