Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार= इन्दिरा प्रसाई |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार= इन्दिरा प्रसाई
|अनुवादक=
|संग्रह=तिमी हुनुको / इन्दिरा प्रसाई
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
सीमारेखामा बाँधेछौ मलाई
माटाका साङ्लीहरू
चुँडाल्न खोजेँ मैले
आफूलाई रोपेको माटैबाट
उखाल्दै छौ मलाई ।

आह ! म यहीँ फुलेको छु
बिन्ती ! म यहीँ फल्दै छु
संसार किन ठूलो भयो ?
बुद्धिको साँघुरो घेरामा परेका मानिस
मलाई यहाँबाट नखेद
अन्तत: म खस्नेछु आफैँबाट ।

तिम्रो कोखबाट जन्मिनँ त के भो ?
तर काख तिम्रै न्यानो लाग्छ मलाई
ममतामा बिष नहाल !

ए ! मलाई शङ्काको छायामा
धमिलो नपार है !
</poem>
Mover, Reupload, Uploader
10,369
edits