Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार=माधवप्रसाद घिमिरे |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=माधवप्रसाद घिमिरे
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

ढुङ्गाको राश लाएको यही हो मेरो द्यौराली
देशको रक्षा गरेर बसेथे यहीं नेपाली

दक्खिनबाट एक्कासि अंग्रेजी तोप गर्जिए
उत्तरबाट पहरा उत्तरै दिई गर्जिए
नेपाली सारा निस्किए छहरा जस्तै उर्लेर
अहिरा खेल्दै दगर्ने अहेरी जस्तै कुर्लेर
आइलाग्नेमाथि जाइलाग्न जान्दछ वीर नेपाली
ढुङ्गाको राश लाएको यही हो मेरो द्यौराली

फैलिए पूर्व सिक्किम, पश्चिम रावीसम्म नै
जुँघाको रेखी बसेर कपाल फुलेसम्म नै
घोडाको पीठमा सुतेर बिगुल बज्दा ब्यूँझिए
छायामा कहाँ बसेर घरवार कैले संझिए
रणमै जन्मे नेपाली, रणमै मरे नेपाली
ढुङ्गाको राश लाएको यही हो मेरो द्यौराली

बिजुली तोपअगाडि ढुङ्गा र मूढा के थिए
तालिमे फौजअगाडि नारी र बूढा के थिए
नेपालीभित्र तैपनि साहस भन्ने जो थियो
वैरीले पनि प्रशंसा गरिने यौटा त्यै थियो
हृदय जहाँ हारेन, हारेनन् त्यहीं नेपाली
ढुङ्गाको राश लाएको यही हो मेरो द्यौराली
</poem>
Mover, Reupload, Uploader
10,369
edits