Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार=माधवप्रसाद घिमिरे |अनुवादक= |संग...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=माधवप्रसाद घिमिरे
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>

मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे,
रामराज्य जस्तो हुन्थ्यो यति इच्छा पुगे ।

तोपचरीको गुँडै राम्रो, ईशानतिर दैलो,
भाइको भने घरै छैन, कहाँ खेल्ने भैलो ।
कस्तो हुन्थ्यो शिर ओत्न सवैलाई पुगे,
मेरो मन दुख्छ हजुर, भाइको मन दुखे ।

पल्लो घरको धुरीबाट धुवाँ आको छैन,
मैले खाई के सार भयो, भाइले खाको छैन !
कस्तो हुन्थ्यो कमाइ खान सबैलाई पुगे,
मेरो मन दुख्छ हजुर, भाइको मन दुखे ।

फूल राम्रो गुराँस कि फूल राम्रो कपास,
भाइको शिरमा टोपी छैन, कहाँ लाउने गुराँस !
कस्तो हुन्थ्यो एक धरो सबैलाई पुगे,
मरो मन दुख्छ हजुर, भाइको मन दुखे ।
</poem>
Mover, Reupload, Uploader
10,369
edits