1,541 bytes added,
17:54, 14 अगस्त 2024 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=सानु शर्मा
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
जीवनले मानिसलाई टेर्दैन
ऊ आफ्नै सुरमा चलिरहन्छ
बलिरहने चाहमा
हरपल जलिरहन्छ ।
सुल्टो पाइला चाले पनि
जिन्दगी उल्टो हिँडिदिन सक्छ
आफूले सिँगारिरहे पनि
ऊ आफैँ भत्किदिन सक्छ ।
भन्दछन्,
सही सोच्नाले सबै सही हुन्छ ।
तर
शिशिरको कामना गर्दा
सुनामी आइदिन सक्छ,
मुस्कानको आराधना गरे पनि
आँशुले रुझाइदिन सक्छ ।
एक थोपाको प्यास मेट्न
सिङ्गै मरुभूमीको यात्रा सक्नुपर्छ
निमेषभरको जीवनका लागि
अनेक पटक मर्नुपर्छ ।
पलपलको त्रासदी बेहोरेर पनि
हरपलको दुखाइ सहेर पनि
उफ !
यो कस्तो जिजीविषा
आँशुको रहमा, मुस्कानको लालसा ।
००००
</poem>