1,198 bytes added,
18:08, 14 अगस्त 2024 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=सानु शर्मा
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
तिम्रा आँखाको चालमा
तिम्रो श्वासको आभासमा
बुझ्दछु म
तिम्रो मनमा लुकेका
तिम्रा रहरमा सलबलाएका
पन्ध्र आना कुरा ।
आफ्नो अनुकूल नभए पनि
पटक्कै चित्त नबुझे पनि
तिम्रा चाहनालाई अनुभूत गरेर
उज्यालो देखाइदिन्छु म
तिम्रो सहजताका लागि ।
अब, तिमी आफैँ बुझिदेऊ
बाँकी रहेका एक आना कुरा
र
सोह्रै आना बनाइदेऊ
तिम्रो र मेरो यो साइनोलाई !
जहाँ अनन्त शून्यावस्थाको
सम्पूर्णता अनुभूत हुन सकोस् !
००००
</poem>