1,182 bytes added,
11:26, 25 अगस्त 2024 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=सुमन पोखरेल
|अनुवादक=
|संग्रह=इत्थंविध चित्र : इत्थंविध कविता / विनोदी, पोखरेल, त्रिपाठी, सापकोटा तथा सत्याल (संयुक्त)
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
अनादि चञ्चलताका किनारमा
कसले छोडेर गयो यसरी
आफ्ना पाइलाहरूको चिन्ह ?
आफैँ गयो होला त्यसरी
या बोलायो उसलाई कसैले
वा पठायो कसैले उसलाई ?
आफू उभिइरहेको डोबलाई छोडेर
कहाँ गयो होला ?
किन गयो होला ऊ
यसरी प्रश्नहरूलाई ब्यूँझाएर ?
जानेहरू किन जान्छन् यसरी
जसरी छाडेर गयो उसले
एकजोर पैतालाको अपूरो कथा ?
</poem>