1,458 bytes added,
16:23, 25 अगस्त 2024 {{KKGlobal}}
{{KKRachna
|रचनाकार=गण्डकीपुत्र
|अनुवादक=
|संग्रह=
}}
{{KKCatNepaliRachna}}
<poem>
आज अचानक
हरायो बादलको जङ्गल
र प्रकट भयो
विहानको तेज लिएर
आँगनमा फूलहरुको जुलुश
सुस्केराका सबै महाकाव्यमा
आगो सल्काएर
केवल कविताको मात्र बजायो
नविन सारङ्गी
र म जीवनको अप्ठ्यारो डिल पन्छाएर
सुटुक्क आँए तिम्रो ममताको सँघारमा
र रमायो हाम्रो मन
आफ्नै धैर्यताको लय समातेर ।
संघर्षको भेलमा थिएँ म
जव जीवन छोपिएको थियो
आफ्नै घरले पुरेर
त्यसबेला पनि समातेर त्यहि मुहारको सुन्दरता
म लडि रहें नहारिकन
सबै आग्लाईहरुलाई होचो बनाउँदै
विश्वास गर
अहिले म धर्तीमा उभिएर
गाइरहेको छु इश्वर हराएको गीत ।।
</poem>