Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार=दीपक शम्चू |अनुवादक= |संग्रह=अनुह...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=दीपक शम्चू
|अनुवादक=
|संग्रह=अनुहारमा आप्पा / दीपक शम्चू
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
केही हतार छैन ।

हाम्रो खातिरदारीका निम्ति
सुसाइरहेको हो हावा
बगिरहेको हो पानी
उदाइरहेको हो सूर्य ।

नबजारौँ त्यसरी पाइताला
धर्तीको छाती चर्किनेगरी ।

आँखै फुटाउलाझैँ गरी
निकालेर नजरको तीर
नहानौँ त्यसरी क्षितिजको डोब बिग्रनेगरी ।

घोक्रो नै चुटाउलाझैँ गरी
बढाएर सास नचिच्याऔँ
यस्तरी छालको सङ्गीत भत्किनेगरी ।

शरीरमा भएको अलिकति शक्ति बचाइराखौँ
बाँकी छ अझै स्वर्ग आइपुग्न ।
अहिले
रोकिएका छन् माथि-माथि उड्ने हवाइजहाज
सुतेका छन् समुद्रीतट पुग्ने पानीजहाज
थाकेका छन् यत्रतत्र डुलिहिँड्ने बस, गाडी ।

हामी पनि केही क्षण यतैकतै बिसाऔं आफूलाई
हाम्रो हतारोलाई आराम गर्न लगाएको छ स्वर्गले
शान्तसँग हृदयको भाका सुन्दै बसौं,
अझै बाँकी छ स्वर्ग आइपुग्न ।

०००
</poem>
Mover, Reupload, Uploader
10,426
edits