Changes

तारा बलेको रात / मोमिला

757 bytes removed, 9 सितम्बर
{{KKCatNepaliRachna}}
<poem>
तिमीसँगमेरो कविताको रोमान्टिक मुर्र्च्छनायो रातशब्दको किनारबाट भागेर, म-तिम्रा वक्ररेखाहरूको भुमरीमा फसेको छुयतिखेर मलाईभुमरीको ठोक्कर र गहिराइ दुवै प्यारो लागेको छशब्दसंग शब्दको टक्करमाकेवल शब्दकै आविष्कारप्रकृतिको शालीन विद्रोहयो रातमलाई चित्रबस्तीमै मौन रहन देऊसमयको भव्य सुस्केरायो रातकतै पुगिन्छ कि भनेरम तिम्रो चित्रमामेरो कन्ट्र्याक्ट अफेयर प्रारम्भ भएको दिनचेतनाको विनिर्मित कालो पहाड उक्लिरहेछुमैले तिमीलाई-चित्रको षडङ्गमाढोकाको कलशमा आँखा जडेर स्वागत गरेंतिमी कहांनेर छौ ⁄आज हाम्रो सहयात्राको अन्तिम दिनपीडाहरूको आतसबाजीमैले तिमीलाई-यो रातम, तिम्रो पीडाको गन्धलेऔधी पुलकित छुदुइ ताराबीचको दूरीमाकति पीडाहरू अटाउन सक्छन्जीवनभन्दा पनि दिव्य मृत्युयो रातयही दूरी मीठो लागेको छतारा बलेको यो मलामी रात ⁄तिम्रो प्रेमको आकाश फैलिनमलाई त्रि्रै समयको वेश्या हुने रहर छतिमीजस्तै, ममेरो समयको आउटसाइडर’ हुंतर सभ्यताको प्रेममय विश्रामयो साइबर रातसम्झेरै आत्महत्याको कुरा गर्नेछैनरात त आखिरउज्यालोमा छाया परेको न होउही ढोकाको सँघारमा मुटु बिच्छ्याएर बिदाइ गरें०००
लागिरह्यो….कसरी तिमीलेमेरो मुटु कुल्चेर हिॅंड्न सक्यौ होला !<small>(नोट : यो कविता प्रसिद्ध चित्रकार Vincent van Gogh को “The Starry Night” शीर्षकको चित्रमा आधारित छ ।)<small>
कुनै बेला-
आँखाको बाटो भएर हृदयमा पस्न खोज्दा
यो हृदयले तिमीलाई बारबार हात छेकिरह्यो
आज त्यही ढोकाबाट निस्केर मेरा आँखाबाट तिमी ओझेल पर्दा
तिमीलाई हातले मात्र बिदाइ गर्न सक्यो
 
लागिरह्यो-
अन द स्पट बाँचिने जिन्दगी
केवल प्रयोग मात्र हो त !
यतिखेर-
कोठाका दराजमा तिम्रा यादहरू
कतै लुगाझैं पट्टिएर बसेका छन्
कतै पुस्तक र्‍याकमा तिम्रा यादहरू
पुस्तकझैं किनारमात्र देखिएर सजिएका छन्
 
लागिरह्यो-
जिन्दगीको दराजमा यादहरू
कहिलेसम्म खात लागेर बस्न सक्लान् !
 
जब यो मन नै केन्द्रबिन्दु भएर
मेरो संसारमा भूकम्प जान्छ;
तब कोठाका दराज र ऱ्याकहरूबाट यादहरू
एक एक गर्दै भुइॅंभरि असरल्ल पोखिॅंदै जान्छ
लाग्यो-
म त आफ्नै यादहरू पनि
कतै सपक्क थन्क्याउन नसक्ने भएछु
र आज भुइॅंभरि असरल्ल यादहरू
खुला आकाशमा स्वतन्त्र उड्न सकून् भनी
उल्ट्याएर भुइॅंलाई नै आकाश बनाइदिएकी छु…
 
हेलो जिन्दगी !
यतिखेर यादहरू पनि यति सुन्दर बनेका छन् कि
अब मसित रित्तो आकाश मात्र होइन
यादहरूसॅंगै ताराहरूको बरियात पनि हुने छन् !!
 
हेप्पी जिन्दगी टु मी !
हेप्पी एक्जिस्टेन्स टु मी !!
 
०००
</poem>
Mover, Reupload, Uploader
10,369
edits