Changes

'{{KKGlobal}} {{KKRachna |रचनाकार=मौन आवाज |अनुवादक= |संग्रह= }} {{KKCatKavita}}...' के साथ नया पृष्ठ बनाया
{{KKGlobal}}
{{KKRachna
|रचनाकार=मौन आवाज
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
कान नहुनेहरूले
मेरा कानहरू काटेर लगे !

आँखा नहुनेहरूले
मेरा आँखाहरू झिकेर लगे !

नाक नहुनेहरूले
मेरो नाक भाँचेर लगे !

टाउको नहुनेहरूले
मेरो टाउको उखेलेर लगे !

हिँड्न चाहने तर / खुट्टा नहुनेहरूले
मेरा खुट्टाहरू चुँडालेर लगे !

औंला नहुनेहरूले
मेरा औंलाहरू लगे !

हात नहुनेहरूले
मेरा हातहरू लगे !

रौं नहुनेहरूले
मेरा रौंहरू लगे !

छाला नहुनेहरूले
मेरो छाला लगे !

मासु नहुनेहरूले
मेरो मासु लगे !

हड्डी नहुनेहरूले
मेरो हड्डी लगे !

लगे रगत नहुनेहरूले रगत
लगे वीर्य नहुनेहरूले वीर्य
लगे र्याल नहुनेहरूले र्याल !

खकार नहुनेहरूले खकार लगे
पिप नहुनेहरूले पिप लगे
घाउ नहुनेहरूले घाउ लगे !

दाँत लगे दाँत नहुनेहरूले
जिब्रो लगे जिब्रो नहुनेहरूले
मुख लगे मुख नहुनेहरूले !

ओठ नहुनेहरूले
मेरो ओठ लगे !

घाँटी नहुनेहरूले
मेरो घाँटी लगे !

भोकाएकाहरूले
मेरो आन्द्रा भुँडी लगे !

अघाएकाहरूले मेरो मलद्वार लगे !

निस्सासिएकाहरूले
मेरो श्वास लगे !

कामुकहरूले
मेरो यौनाङ्ग लगे !

भावुकहरूले
मेरो सम्वेदनाङ्ग लगे !

जड्हरुले
मेरो चेतनाङ्ग लगे !

विचार लगे विचार नहुनेहरूले
भावना लगे भावना नहुनेहरूले
प्रेम लगे प्रेम नहुनेहरूले !

लगे
मस्तिष्क नहुनेहरूले मेरो मस्तिष्क !

लगे
हृदय नहुनेहरूले मेरो हृदय !

बाँकी थियो रुनलाई आँशु
त्यो पनि मागेर लगे केही नहुनेहरूले !

एउटा आत्मा थियो
एउटा निजत्व थियो
त्यो पनि तिम्रो होइन भनेर परमात्माहरूले लगे !

यसरी हरेक अंगहरू सकिएपछि
म बेअंग भएँ !

एकएक गर्दै
सबै आकारहरू सकिएपछि
म निराकार भएँ !

यसरी / मपनि ईश्वर जस्तै / नयाँ ईश्वर भएँ !


०००
</poem>
Mover, Reupload, Uploader
10,372
edits