1,566 bytes added,
12 सितम्बर {{KKGlobal}}
{{KKRachna
|रचनाकार=मौन आवाज
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
मैले केही निशब्द बोलेको छु
त्यो सुन्नू
मैले केही अप्रष्ट लेखेको छु
त्यो हेर्नू
मैले केही अमूर्त सोचेको छु
त्यो बुझ्नू !
जिन्दगी कोरेको क्यानभास हराएको छ मेरो
कुन्नि ! कुन रङको थियो मेरो अनुहार ?
कुन्नि ! कुन प्रकारको थियो मेरो आकार ?
मैले केही रेखा तानेको छु
त्यो तन्काउँनू
मैले केही कोण बनाएको छु
त्यो ठम्याउँनू
मैले केही आयाम भोगेको छु
त्यो केलाउँनू !
म जुनबेला हराएपनि
जतासुकै बिलाएपनि
एउटा बाटो बनाएको छु ।
आउँदा वा / जाँदा
कहिलेकाहीँ त्यो बाटो हिँड्नू !
हिँड्दा हिँड्दै यदि तिमी थाक्यौ
र कतै पुगेनौ भने
मेरो अधुरो कथा पढ्नू !
०००
</poem>