920 bytes added,
12 सितम्बर {{KKGlobal}}
{{KKRachna
|रचनाकार=मौन आवाज
|अनुवादक=
|संग्रह=
}}
{{KKCatKavita}}
{{KKCatNepaliRachna}}
<poem>
म पुरुष हुँ
तर / मभित्र -
महिला भन्दा कोमल महिला छ !
म हाँस्छु - बालिका झैं
लजाउँछु युवती झैं
रुन्छु - आमा झैं
चिच्याउँछु - एक अस्तित्व नारी झैं !
मभित्र पनि उस्तै घाउ छ -
उस्तै पीडा छ
उस्तै आँशु र / उस्तै एक्लोपन छ !
म एक पुरुष हुँ -
मभित्र असंख्य नारी छ !
मभित्र पनि -
एक सिर्जन / निर्जन पाठेघर छ !
०००
</poem>