Last modified on 27 मई 2020, at 13:24

विश्राम / उमानाथ शर्मा पोख्रेल


यो सुक्ष्म अल्प सुविचारछ सूत्र रुप ।
फैलाउ भाष्य मनमा अरु वाक्य खूप ।।
जानौ भनी मन दिई जति बात खोज ।
झन् झन् उती उति ञहाँ मिलने छ मोज ।।२८५।।

हे सभ्य मित्र ! अतिछन् पुनरुक्ति दोष ।
देखिन्न भाव गुरुता, कविता-विशेष ।।
जानी न जानी वलले यति बात लेखें ।
विश्रान्ति नै कलमको अब योग्य देखें ।।२८६।।

श्रृङ्गार, हास्य इ दुई रस छन् प्रधान ।
भन्ने सुनिन्छ, उनमातमँछू बजान ।।
वास्ता अनी किन गरुन् र भलादमीत ।
यो संझदा भइरहेंछु अतीव भीत ।।२८७।।

दुष्कार्य-सक्त गरला अपमान खाली ।
निन्दा गरोइन अवश्य-सुवुद्धि शाली ।।
दुर्मास-लोलुप-मुगादन-हेय-रत्न ।
वन्दैन विज्ञ जनको कहिल्यै सपत्न ।।२८८।।