Last modified on 5 मई 2017, at 14:55

शरणार्थी / हेम हमाल

कसको समुद्रमा गएर डुब्नू म
कसको पहाडमा लुक्नू ।
आकाशबाट खसेको ताराले
कुन देशको नाम सम्झनू।

धर्मका कारण
जातिका कारण
चेप्टो नाकका कारण
ध्वाँसे अनुहारका कारण
आफ्नै देश छाड्नुपर्योण मैले
दिउँसो मासै
दैलो उदाङ्गै छाडेर
दिशाहीन बाटो लाग्नुपर्यो मैले।

यो घरलाई नभत्काइराख्नू
बिहान उदाउने हरेक सूर्यलाई बचाइराख्नू
म फर्की आउँछु
एउटा बत्ती जगाइराख्नू
अहिलेलाई त जसोतसो गरुँला
आफ्नो भाग्यको परदेशमा वास बसुँला ।