Last modified on 25 अगस्त 2024, at 16:57

शरणावरुद्ध / सुमन पोखरेल

लगाइदियो आफ्नै दैलोमा आग्लो
मान्छेले फेरि पनि
आफूजस्तै मान्छेसँग डराएर ।
 
बेघर बनाइदियो
शरण लिन आएको निष्कपट गौँथलीलाई ।

मानिसको व्यहोराबाट बेखबर गौँथली
पर्खिरहेछ
ढोका खुल्ने आशामा
आफ्ना बचेराहरूलाई फकाउँदै ।

सोचिरहेछ ऊ -
यो साझा घरमा
मलाई नसोधी किन दैलो लगायो
मनुख्खेले !