ओ ! शहर
निरन्तर दुखाउँदै आफूलाई
स्खलित भावनाहरुको परेड सहँदै
कतिलाई अँटाउँछस आफ्नो छातिमा ?
थाह छैन किन मेरा गाउँका मान्छेहरु
सागर भेट्न उत्तालिने नदीको तन्मयता बोकेर
तेरो एक चोइटो जमिनको खरिदमा लालायित हुन्छन् |
म बुझ्न सकिरहेको छैन
कुनै जादुले झैँ मान्छे लठ्याउँदै
आफैँ डिप्रेसिभ जिन्दगी बाँचिरहने ए ! शहर
किन मान्छेहरु शहर पस्नुको पर्यायमा
आफूलाई वैभवको सगरमाथा चढे झैँ ठान्छन् ?