शिखरलाई नाघ्छु भनी
म त टेक्छु उकालीमा
उकालीले टेकिदिन्छ
बरा मेरै छातीमा
छाती होइन भुईँ हो यो
टेक टेक सबले टेक
आफन्तैले पनि टेक
पराईले पनि टेक
उकाली र ओरालीमा
भिर पाखा चौतारीमा
फूल्छ किन आँशु फूल
निधारैको फुलबारीमा
निधार हैन आँगन हो यो
कुल्च कुल्च सबले कुल्च
आफन्तैले पनि कुल्च
पराईले पनि कुल्च
डाँडा काँडा भञ्ज्याङमा
आँशु झारी कोस गन्छु
जति हिंड्छु शिखर छैन
बिधाताकै दोष भन्छु
मान्छे हैन सडक हूँ म
हिंड हिंड सबले हिँड
आफन्तैले पनि हिँड