Last modified on 12 मई 2020, at 01:26

संजोग / दुर्गालाल श्रेष्ठ

जाँदै थिएँ बाटोमा
भेट भयो ऊसँग,
किन किन एक्कासि
दुवै भयौं झसङ्ग !

भरखरै लागेकेा
घामजस्तै झुलुक्क,
मुख हामी दुवैको
हाँस्यो त्यसै मुसुक्क !

थाहा छैन ऊ को हो,
तर कति अचम्म
हेर्दै हामी डुबेछौँ
आनन्दमै चुर्लुम्म !

उल्ले, मैले पाएको
आनन्द यो कस्तो हो,
भनूँ नै म कसरी
यो भनेको यस्तो हो –