Last modified on 20 अप्रैल 2025, at 07:55

संवाद / निजार कब्बानी / सुमन पोखरेल

मेरो प्रेमलाई
एउटा औँठी वा बाला नठान।
मेरो प्रेम
आफ्नो मृत्युको खोजीमा अगाडि बढिरहेको
बैरीको घेराबन्दीमा परेको युद्धपोत हो,
साहस र हठ हो।
 
मेरो प्रेमलाई
जून नठान
मेरो प्रेम एउटा झिल्कोको विष्फोट हो।