सकेँ भने फर्काउँला, एकछिनलाई साथ देउ न
कहाँ राखूँ मेरा व्यथा, एकछिन छाती थापिदेउ न
मेरा ओठ वर्षौँदेखि वेदनाले थुनिएका छन्
मेरा आँखा सधैँभरि आँसुमा नै पौडिएका छन्
मेरा आफ्नै चोटहरू मनग्ये छन् मलाई रुन
केवल तिमी छातीमाथि शिर मेरो थामिदेउ न
चोटहरूले कुटिरहे, थाह नपाए झैं गरिरहेँ
काँढामाथि टेक्दा पनि मुस्काएर सहिरहेँ
मनको मान्छे सामु देख्दा कोमल हुँदो रहेछ मन
आफैं रुन्छु आफ्ना आँसु तिमी केवल छाती देउ न