Last modified on 14 जून 2024, at 20:10

सङ्गाल घुम्टोहरू / नगेन्द्र थापा

सँगाल घुम्टोहरू सजाऊ केशहरू
म आएँ आँधी बोकेर सम्हाल डेगहरू

आँधीले उडाइदेला लाजका ती पर्दाहरू
बतासले खोसिदेला ओठका ती हाँसोहरू
यो आँधीलाई ख्याल सम्झी नछोड दृष्टिहरू
आँखा मै सुकिजाला लुकेका वृष्टिहरू

आज भागिदेऊ लिएर जेथाहरू
गाउँछु म सुसेलीमा भरिला यी व्यथाहरू
म आएँ आफ्नै भनी बोकेर चिनोहरू
लुकाऊ प्यारा प्यारा कलिला बैँसहरू



..................................
संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल