Last modified on 31 मई 2017, at 16:08

सडकको मान्छे / नवराज लम्साल

समयको हााडीमा
विश्वासको एक घान मकै भुटेर
फूलहरु हेरेर मकैको आकाशमा
पटुकी कसेर कम्मरमा
हरेक प्रभातमा गोघुली पर्खेर
गाधुलीमा प्रभात कुरेर
बिना एकादशी
निराहार बााचेको छ मान्छे ।
हवाइजहाज उाडेर आकाशमा
टक्क अडिन्छ उसको मनमा
सम्भावित सफलता उाडेर आएझैं
झिमिक्क नगर्दै आाखा
दुर्घटना हुन्छ विचारमा
क्षत विक्षत हुन्छ मन
बल्छ हुर्रहुरी डाडेलो छातीमा
दमकल दौडन्छ घााटी घााटी
र खनिन्छ पानी आाखाको पाइपबाट
भिन्दछ उसले ओच्ट्याएको गुन्द्री
बास उठ्छ उसको सडक किनाराबाट
अडेस लाग्दछ चिसो भित्तामा
नतिप्लिउञ्नेल लेउहरुबाट