Last modified on 23 जुलाई 2017, at 11:27

सधैँ सुन्न पाऊँ / दिनेश अधिकारी


सधैँ सुन्न पाऊँ खबर तिम्रो खुसीको
धोएर जाऊ साथी मनमा भए नमिठो

बिछोड भन्नुहुन्न यो रीति हो सबैको
छेकेर छेकिँदैन सुवास पिरतीको
सधैँ सँगाली राख तिमी उमङ्ग भेट हुँदाको

एक्लो हुनेछ यात्रा उठ्छन् हजारौँ वाधा
लेख्नु छ जिन्दगीको आफ्नै सुनौलो गाथा
सधैँसधैँ उठाऊ तिमी उचाइ जिन्दगीको