उदास वर्षा ।
वर्षात्को हरेक थोपाले मेरो हृदय छेडेर
मैले लाखौँपटक हिँडेका
उज्याला र अँध्याराका सामाज्यमा पस्ने बाटो बनाउँदै
दुखाउँछ मलाई...
गएको बर्सात्को जस्तै स्वाद भएका तिम्रा ओठ सम्झिरहेँछु ।
जून वर्षन्छ।
धर्तीको छेउछाउमा उसको सङ्गीत सुन्दै
दुखाउँछ पियानोले
धारिला बोलले कुँदिएका औँलाहरूलाई ।
सङ्गीतले भरिएका चित्रहरू दौडिन्छन् हावामा ।
त्यत्ति मात्र बाँकी रहेकोछ
वर्षात्को चुटाइबाट जोगिन आत्तिदैँ कुदेका बटुवाका गोडाले खुँदिएर ।
ढुङ्गा छापिएका बाटामा
पानीका जमेका कणहरूबाट प्रदर्शित गर्छ
रात आफ्नो अनुहारलाई ।
छायाचित्र
वर्षालाई अर्को विस्तारतिर जाने बाटो छोड्दै
आँखा चिम्लिएर हृदयले अँगालो हाल्छ रुखहरूलाई ।