Last modified on 4 जून 2017, at 11:59

सपना / निमेष निखिल


उज्यालो घाम लाग्ला– जपना लिएर बाँचेका छौँ
उन्मुक्त हाँसेका बस्ती– कल्पना लिएर बाँचेका छौँ
मुस्कानहरूले बास मागून् मनुष्यका अधरसँग
आँखामा यस्तै ससाना सपना लिएर बाँचेका छौँ।