Last modified on 28 अप्रैल 2020, at 10:38

सपनीमा देखेँ / दैवज्ञराज न्यौपाने


आज मैले तिमीलाई सपनीमा देखेँ
देखेपछि बिर्सिएन कलेजीमा लेखेँ ।

फूलै फूलको डाँलीबाट आएजस्तो लाग्यो
सँगसँगै गुन्गुनाई गाएजस्तो लाग्यो
कहाँबाट आयौ तिमी के बनेर आयौ ?
देख्तै आँखा लोलाएछन् मोहनीले छायौ ।

बोल्दै आयो वसन्तले को हो को हो ? भनी
अनि भन्यो उमङ्गले झनै के हो भनी
पहिलो प्रीति हाम्रो अझै बाँकी नै छन् कुरा
के हो भनूँ कसरी म नभैकन पूरा ।

बोलूँ भने के बोलूँ म के भनेर बोलूँ
नबोलूँ त सबै कुरा कसरी म खोलूँ ?
रूप हो कि रङ्ग के हो परेलीको छाया
मनभरि खुल्दुली छ मुटुभरि माया ।