Last modified on 3 दिसम्बर 2020, at 10:30

सबथोक /अन्ना आख्मातोभा / सुमन पोखरेल

सबै खोसिएको छ, ठगिएको छ, बेचिएकोछ,
कालो मृत्युको कालै पखेटा फिँजिएको छ टाउकामाथि।
सबैथोक खाइसकेको छ भोकले,
तै पनि आँखाअगाडि पर कतै
किन देखिँदैछ उज्यालो?
 
बिहान हुने बित्तिक्कै
शहरछेउको जङ्गल, सास फेर्छ चेरीको;
चेरीको सुगन्धको।
गर्मीको पारदर्शी गहिरो आकाशमा
रातैपिच्छे नयाँनयाँ ताराहरू छरिन्छन्‌।
 
एकदिन पक्कै हुनेछ कुनै चमत्कार
अँध्यारो र भत्किएकाको बीचबाट,
कुनै अज्ञात चमत्कार भएरै छाड्ने छ।
किनभने,
पर्खिरहेछौँ
यसलाई हामी
स-साना केटाकेटी छँदादेखि।
........................
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ