सबै व्यर्थजस्तो लाग्दछ तिमी साथ दिन्छु भन्दछ्यौ
यी दिन रात नै बढी छन्, तिमी हात दिन्छु भन्दछ्यौ
फूललाई भिजाउँदा शीतले, म क्षितिजसँगै बलेथेँ
उठेथ्यो जब पीरती, म साँझसँगै ढलेथेँ
म ब्यूँझेँ कसरी के थाह, तिमी मात दिन्छु भन्दछ्यौ
दिन नै छन् मेरा अँध्यारा, तिमी रात दिन्छु भन्दछ्यौ
पोखिए कहाँ खै शीतलता, म त भिजेँ सधैँ चोटैमा
जति फक्रिए अनुराग, ओइलाए ती सधैँ बोटैमा
के कम छन् र मेरा पीर, तिमी घात दिन्छु भन्दछ्यौ
म भाग्न चाहन्छु चोटबाट तिमी प्रीत दिन्छु भन्दछ्यौ