Last modified on 25 जून 2020, at 11:33

समयबिम्ब / विवश पोखरेल


धुमिल वातावरणसँगै
निर्निमेष अन्योलिएका आँखालाई
फराकिलो सडक बनाएर
अनवरत हिंडिरहेछ समय
विना अवरोध र विना पूर्णविराम
समयको स्पष्ट पद्चाप छामिरहेछु
जीवनका उकाली ओरालीसँगै
सुस्त थकिरहेछ समयम थकित समयमा !
कर्कश प्रतिध्वनि र शोकसङ्गीत सुनिरहेछु
विपनाको सेताम्मे कुहिरोमा
सपनाका सुन्दर राजकुमार हराएजस्तै
अनायास हिंडदाहिंडदै हराइरहेछ समय
म समयका विलीन गीतहरु पछ्याइरहेछु
ट्राफिकहरु हो! रोक !
सवारीनियमको उल्लङ्घन गरिरहेछ
समय !प्रवेशनिषेधको रातो साइनबोर्ड
माथिअनियमित यात्रा थालिरहेछ समय