Last modified on 6 मई 2021, at 08:13

समयले सधैँ यो मन / सुमन पोखरेल

समयले सधैँ यो मन कुल्चिएर जान्छ
तिम्रो याद घाउ जस्तै बल्झिएर आउँछ

साँझ पर्दा आँखाहरू रसाउन खोज्छन्
रातै पिच्छे निद्राहरू रिसाएर भाग्छन्
मिर्मिरेमा सिरेटोले झनै सताउँछ
बिहानले उराठलाग्दो दिन लिएर आउँछ

दिन बित्छ हप्ता भई हप्ता महिना हुन्छ
महिना कट्न वर्ष लाग्छ वर्ष युग हुन्छ
जति सम्झ्यो उति ज्यादा मनै रुवाउँछ
विछोडको हरेक पलले मुटु चोइट्याउँछ