Last modified on 25 जुलाई 2017, at 09:44

समर्पण / रमेश क्षितिज

कथा मेरो जिन्दगीको बुझिदिने तिमी हुनु
सुखको साथी दुःखमा आँसु पुछिदिने तिमी हुनु !

धेरैधेरै मान्छेहरू रूपहरू थरिथरि
पुछिदिने कोही हुन्न आँसु हुन्छ आँखाभरि
एक्लिएर रोएँ भने वरै ! भन्ने तिमी हुनु
वेवारिस भई हिँडे भने मेरो भन्ने तिमी हुनु !

कहाँ बास मागूँ मैले ढक्ढक्याऊँ कुन ढोका
राति आफ्नै छाया हुन्न साथी सबै उज्यालोका
सबले मलाई छोडी हिँड्दा साथ दिने तिमी हुनु
दोबाटोमा लडेँ भने हात दिने तिमी हुनु !