समुद्रको छालसरि उर्लिआयो खबर
छुनै नपाई हृदयमा काटी गयो लहर
तर लाग्यो रहर
बसाउने आफ्नै संसार
दुःखसुख सँगै बाँड्ने
एउटै भावनाको सहर
जूनसँग सोधेँ मैले देखेथ्यौ कि कहीँ रातमा
सम्झनाको दूना गाँसेँ घोची दुखेँ मनको पातमा
पग्ल्यो छाती बग्यो नदी परेलीमा त्यसै सलल
तर लाग्यो रहर
बसाउने आफ्नै संसार
दुःखसुख सँगै बाँड्ने
एउटै भावनाको सहर
खोलासँग साइनो गाँसेँ मनको व्यथा धोई पखालेँ
किनारामा बालुवाको घरबस्ती एक्लै बसालेँ
चल्यो हावा ढल्यो विश्वास हावासँगै उड्यो सरर
तर लाग्यो रहर
बसाउने आफ्नै संसार
दुःखसुख सँगै बाँड्ने
एउटै भावनाको सहर