Last modified on 19 मई 2020, at 14:06

सम्झनाको बरियोले धानेकी छु भारी / गीता त्रिपाठी

आँसु

 सम्झनाको बरियोले धानेकी छु भारी
साँझ-बिहान आफ्नो चाह हजुरमा सारी
 
मूलै सुकी रित्तिएको पानी पँधेरीमा
कति लुकाऊँ आफ्नो दुःख राखी अँधेरीमा
टेके हुन्थ्यो संघारमा सँगै रोए हुन्थ्यो
त्यै आँसुले दुनियाँको कालो धोए हुन्थ्यो
 
बालखैमा छाडी गइन् बिरानो भो गाउँ
भन्थिन् आमा दुःख लान्छु ,सुख तिम्रो नाउँ
काँढाहरू पाइलै पिच्छे बाटो छेक्न खोज्छन्
मेरो चाहमाथि टेकी आफ्नै खुसी रोज्छन्