Last modified on 1 जून 2017, at 17:20

सम्झौँ भने दुख्छ मुटु / निमेष निखिल

सम्झौँ भने दुख्छ मुटु बिर्सौँ पोल्छ छाती
वेदनाको लहर चल्छ एकान्तमा राती
 
विगतका सम्झनाले झस्काउँछन् घरिघरी
बाँच्नै पर्ने बाध्यता छ आफैँभित्र मरिमरी
कति चढाऊँ ढुङ्गालाई अझै फूलपाती
वेदनाको लहर चल्छ एकान्तमा राती
 
बितेका ती पल डुल्छन् बेहिसाब बतासमा
एक्लै रुन्छ यौटा तारा मेरो मनको आकाशमा
पिरतीमा फस्नुभन्दा मर्नु रै‘छ जाती
वेदनाको लहर चल्छ एकान्तमा राती