Last modified on 23 जून 2020, at 15:30

सम्भावना / रमेश क्षितिज


अचानक भेटिएर पिपलबोटमा एकदिन
हामीले हेर्यौँब चुलिदै गएका शिखरहरू र मित्रता भन्यौँ
फराकिलो हुँदै गएका जीवनका राजमार्गहरू
उज्यालिँदैं गएका नयाँ क्षितिज
थपिदै गएका सपनाका रङ्गहरु हेर्यौँ
र त्यसलाई जीवन भन्यौं,

पल्टायौँ हार्दिकताको नवीन कृति
र त्यसमाथि को¥यौँ – शिलालेख झैँ अजम्मरी पङ्क्तिहरू
हामीले सुनायौँ बतासको प्रिय धुन
नदी गायिकाको सुरिलो आलाप
वर्षौंदेखि कसैलाई पर्खिरहेजस्ता एः पहाडहरू
हामीले तिमीहरूलाई कविताका चम्किला बिम्ब भन्यौं ,
त्यसो त ठिकै भन्यौँ,

तर त्यो पुल तरेर गइसकेको एक्लो परदेशीलाई
सम्झेर झ्यालमा टोलाइरहेकी निराश युवतीलाई
हाम्रो आन्दोलनको कथाकी नायिका भन्यौँ
दिवास्वप्नमा मग्न अधबैंसेलाई
यसै – यसै नायक भन्यौँ
डराएर झ्यालको चेपबाट, जुलुस चियाइरहेको
युवकलाई योद्धा भन्यौँ ,
हामी हामीलाई लडाइरहेको
षड्यन्त्रकारीलाई असल मित्र भन्यौं

अब अर्थहरूको विघटन हुन्छ
हामीले कसलाई के भन्यौँ, कसलाई के भन्यौँ
यो मान्नेलाई त्यो मान्यौँ
अब केही हुन्छ, अब केही हुन्छ

इतिहाससँग रिसाएको कोही विद्रोहीले
रातभरि खुकुरीमा धार लगाएको सुन्यौँ ?