Last modified on 4 जून 2017, at 11:51

सहारा / निमेष निखिल


गर्व गर्छु तिमीलाई आफ्नो भन्न पाएको छु
विरसिलो भए पनि तिम्रै गीत गाएको छु
आत्मीयता भत्किएर बाढीपैरो जाँदा पनि
सहाराको हात खोज्दै तिम्रै छेउ आएको छु।