Last modified on 22 जनवरी 2022, at 08:55

साँचिराखूँ जस्तो लाग्छ / कुसुम गजमेर

साँचिराखूँ जस्तो लाग्छ गीतभरि तिमीलाई
बाँधिराखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई

डर लाग्छ कतै भागी गई दिन्छौ भन्ने
थाहै नपाई पराईको भई दिन्छौ भन्ने
सपनी मै पाए हुन्थ्यो निँदभरि तिमीलाई
बाँधिराखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई


नयाँ नयाँ रूप तिमी जति जति हेर्यो
उति उति रसाउँछ हृदय यो मेरो
हारजति मेरो पेवा जीत जति तिमीलाई
बाँधिराखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई

साँचिराखूँ जस्तो लाग्छ गीतभरि तिमीलाई
बाँधिराखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई