Last modified on 22 अगस्त 2020, at 23:37

साँचो / दिनकर / सुमन पोखरेल

म अबोध, अनभिज्ञ बालक छँदा
घेरेका थिए मलाई
तिम्रा स्वासका बतासले।
तिम्रा ती स्वासका बतासले सुगन्ध ल्याउँदथे।
तिनका काँधमा चडेर म
आकासमा कताकता घुमेर फर्कन्थेँ ।

सृष्टी त्यसबेला पनि रहस्य नै थियो, सायद
तर कुने परीले मलाई साथ दिन्थिन्।
मलाई थाह त थिएन
तर ताल्चाको साँचो मेरै हातमा रहेछ त्यसबेला।

वयस्क भएपछि म मान्छे रहिनँ
बारीको झारमा परिणत भएँ ।

तिम्रो बतास अहिले पनि आउँछ
झारसँग खेल्दछ,
र ऊसँग कानेखुसी गरेर फर्कन्छ।

झार उड्न खोज्छ र छटपटाउँछ,
उसका जरा धर्तीमा गाडिएका छन्,
हावासँग उड्न सक्दैन ऊ।

चेतन शक्ति अब जड भएको छ।
केटाकेटी छँदा मसँग भएको साँचो
उमेर बढ्दै जाँदा
कतै हराएको छ।