Last modified on 22 जनवरी 2022, at 08:51

साउने झरीमा त्यो गाउँको / कुसुम गजमेर

साउने झरीमा त्यो गाउँको गोरेटो
छाया त्यो फेरि फेरि तिर्सना अनौठो

सुन्दर चिनो मायाको खेल्ने छ मेरो काखमा
कलिलो हातले छोएको मायालु आँखा आँशुमा
सपना देख्छु होला कहिले त भेट्छु होला
छाया त्यो फेरि फेरि तिर्सना अनौठो

नयाँ किरण आउनेछ कालो रात ढल्नेछ
नयाँ रीत चल्नेछ सुख र खुसी बाँड्नुछ
रमाइलो आँगन होला आँखाको तर होला
छाया त्यो फेरि फेरि तिर्सना अनौठो